सुनको भाउमा फेरि उछाल, प्रतितोला ५ हजार ६ सयले वृद्धि

User Image Prime TV News एक महिना अगाडि
Image of सुनको भाउमा फेरि उछाल, प्रतितोला ५ हजार ६ सयले वृद्धि

काठमाडौ । नेपाली बजारमा सुनको भाउमा पुनः वृद्धि देखिएको छ। आइतबार सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो। हालको वृद्धि भए पनि त्यो रेकर्ड स्तरभन्दा भने मूल्य अझै तलै रहेको छ। यता चाँदीको भाउमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला ३७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ पुगेको छ।

अघिल्लो दिन चाँदी ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको हालसम्मकै उच्च मूल्य माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा परिवर्तन आउने गरेको व्यवसायीहरू बताउँछन् ।