आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का दुई खेल हुँदै

User Image Prime TV News एक महिना अगाडि
Image of आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का दुई खेल हुँदै

काठमाडौ । विश्वकपमा शनिबारबाट सुपर–८ का खेल सुरु भएका हुन् । पहिलो खेल वर्षाले अवरुद्ध हुँदा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन्।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।

सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् । इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारको सामना गर्दै सुपर आठ पुगेको हो भने श्रीलंका समूह ‘बी’बाट तीन जित र एक हारसहित सुपर आठमा पुगेको हो । दुवै टिम समूह उपविजेता हुन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ।

दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा हुने यो भिडन्त साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ । भारत समूह ‘ए’को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’को विजेता हो । यो विश्वकपको समूह चरणमा दुवै टिम अपराजित छन्।

टी–२० विश्वकप २०२६ को फाइनल फागुन २४ गते हुनेछ । नेपाल भने समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ ।