झण्डा जलाएको बिषयमा आयोगले माग्यो राष्ट्रिय स्वतन्त्र पार्टी सँग स्पष्टिकरण
Prime TV News एक महिना अगाडि 
काठमाडौ । दाङमा भएको राजनीतिक गतिविधिलाई लिएर निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी सँग स्पष्टिकरण मागेको छ। आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
घटना दाङको तुलसीपुरमा भएको थियो, जहाँ रास्वपाका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।
निर्वाचन आयोगले उक्त गतिविधि निर्वाचन आचारसंहिताविपरीत भएको प्रारम्भिक निष्कर्ष निकाल्दै रास्वपालाई स्पष्टीकरण सोधेको जनाएको छ। आयोगका कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा घटनासम्बन्धी तथ्यगत विवरणसहित स्पष्टिकरण आयोगको इमेल ठेगानामा तोकिएको समयसीमाभित्र पठाउन आग्रह गरिएको छ।
आयोगले राजनीतिक दल र तिनका कार्यकर्तालाई सार्वजनिक स्थानमा मर्यादित व्यवहार गर्न तथा लोकतान्त्रिक प्रतिस्पर्धालाई उत्तेजनात्मक गतिविधिबाट टाढा राख्न सचेत गराएको छ।







