दाङ घटना कारण रास्वपाले भैरहवा–पोखरामा चुनावी सभा स्थगित

User Image Prime TV News एक महिना अगाडि
Image of दाङ घटना कारण रास्वपाले भैरहवा–पोखरामा चुनावी सभा स्थगित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजना गर्न लागेको चुनावी सभा स्थगित गरेको छ।

पार्टी सहप्रवक्ता प्रतिभा रावलले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने तय भएको सभा विशेष कारणले रोकिएको जानकारी दिइन्। यसअघि हिजो दाङमा एमालेको झण्डा जलाइएको घटना भएको थियो। पार्टीले यस घटनाले द्वन्द्व उत्पन्न हुन सक्ने सम्भावना देखेर तत्कालका लागि सभा स्थगित गरेको बताएको छ।

रास्वपाले आगामी कार्यक्रमको मिति र सुरक्षासम्बन्धी व्यवस्था समीक्षा गरी पछि जानकारी दिने तयारी गरेको छ।