नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक वस्दै छ । बैठक सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बस्दैछ।
पार्टीभित्र पछिल्लो समय देखिएका आन्तरिक विवाद र अनुशासनसम्बन्धी विषयहरूलाई केन्द्रमा राख्दै बैठक बोलाइएको हो। केन्द्रीय कार्यालयका अनुसार बैठकमा विद्रोही उम्मेदवारहरूको गतिविधि, उनीहरूमाथि हुन सक्ने कारबाही तथा विगतमा अघि बढाइएका अनुशासनसम्बन्धी फाइलहरूको अवस्थाबारे विस्तृत समीक्षा गरिनेछ।
पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधि गर्ने नेताकार्यकर्तामाथि कस्तो कदम चाल्ने भन्ने विषयमा समेत छलफल हुने जनाइएको छ। हाल पार्टीभित्र विभिन्न तहमा देखिएको असन्तुष्टि र गुटगत विवादले संगठनात्मक एकतामा असर पारिरहेको सन्दर्भमा अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।







