सभामुख घिमिरे पहिलो पटक सपथग्रहणमा

User Image Prime TV News १० महिना अगाडि
Image of सभामुख घिमिरे पहिलो पटक सपथग्रहणमा

काठमाडौ । सभामुख देवराज घिमिरे नवनियुुक्त मन्त्रीहरुको शपथ समारोहमा सहाभागी भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा शीलत निवासमा आयोजित मन्त्रीहरुको शपथ ग्रहण समारोहमा घिमिरे सहभागी भएका हुन्।

प्रतिनिधि सभा विघटन पछि सभामुख घिमिरे सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएन् । घिमिरे अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र अन्य ३ जना मन्त्रीको शपथ समारोहमा भने सहभागी भएका थिएनन्। 

मुख्य शपथ समारोहमा राज्यका महत्वपूर्ण पदमा रहेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख राष्ट्रिय सभा अध्यक्षहरुको उपस्थिति हुने गर्दछ।