बेथिति र बेरोजगारीको सटर बन्द गर्छौः रवि लामिछाने

User Image Prime TV News एक महिना अगाडि
Image of बेथिति र बेरोजगारीको सटर बन्द गर्छौः रवि लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धनगढीमा आयोजित चुनावी सभामा बेथिति र बेरोजगारीको “सटर” एकैपटक बन्द गर्ने आफ्नो दलको एजेन्डा प्रस्तुत गरेका छन्।

सभालाई सम्बोधन गर्दै लामिछानेले भने, “सुदूरपश्चिमको अधिकारलाई माग बनाएर अल्झाएर राख्न काम बन्द हुनुपर्छ। बेथिति र बेरोजगारीको सटर बन्द गर्ने हो, सबै सटर एकैपटक बन्द हुनेछन्।” उनले पाँच वर्षको स्थायी सरकारको माग गर्दै जनतालाई आफ्ना उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन्।

लामिछानेले जनतालाई सचेत गर्दै भने, “बाचा जसले गरेको हो, सजाय उसैले पाउने हो। जनताले होइन।” उनले विदेशमा काम गर्ने सुदूरपश्चिमका नागरिकलाई पनि देश परिवर्तनका लागि फर्किन आग्रह गरे। रास्वपाले आफ्नो चुनावी अभियानमा देशको राजनीतिक आकांक्षा केन्द्रमा राखेर जनताको हितमा काम गर्ने लक्ष्य राखेको लामिछानेले बताए।

उनले आगामी चुनावमा नेतामात्रै नभई जनताले जित्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेकोमा जोड दिए ।