कांग्रेस आगामी निर्वाचनमा सबैभन्दा ठूलो दल बन्छः उपसभापति विश्वप्रकाश शर्मा

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस आगामी निर्वाचनमा सबैभन्दा ठूलो दल बन्छः उपसभापति विश्वप्रकाश शर्मा

काठमाडौ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने दाबी गरेको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्मा ले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले नवीनता र परिवर्तन दुवै लिएर अघि बढेको बताए।

शर्माका अनुसार, “कुनै दल नागरिकले नयाँ खोज्नुभएको हो भने जेनजी मुभमेन्ट पछाडि नयाँ भएर आएको कांग्रेस छ। यदि नागरिक पङ्क्तिले परिवर्तन खोज्नुभएको हो भने जेनजी मुभमेन्ट पछाडि परिवर्तन नै भएर आएको चाहिँ कांग्रेस छ। जो आफूलाई बदल्न सक्छ, त्यसले नै देशलाई बदल्न सक्छ।”

पार्टी सभापति गगन थापा ले भने, बाहिरी हल्ला र आलोचनामा विश्वास नगरी कांग्रेसले राष्ट्रव्यापी रूपमा मुभमेन्ट सुरु गरिसकेको छ। उनले थपे, “अहिले प्रधानमन्त्री पदका लागि कसको व्यक्तित्व, कसको भिजन, कसको बौद्धिकता, कसको मुभमेन्टले नेपाली समाजमा सबैभन्दा बढी प्रभाव पारिरहेको छ भने कांग्रेसका सभापति गगन थापा अब प्रधानमन्त्री बन्ने गरी अघि बढिरहेको मुभमेन्ट राष्ट्रव्यापी रूपमा फैलिरहेको छ।”

कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूका साथै विगतमा पार्टी छाडेका सदस्यहरूको फर्किने क्रम पनि बढिरहेको देखिएको छ। यसलाई कांग्रेसको पुनरुत्थान र विश्वासको संकेतको रूपमा हेरिएको छ।