नेपाली कांग्रेसले फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र अनुमोदन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार गरेको नयाँ प्रतिज्ञापत्र अनुमोदन गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार बिहान ११ बजे बसेको भर्चुअल बैठकले प्रतिज्ञापत्र अनुमोदन गरेको जानकारी दिएका छन्। प्रतिज्ञापत्र आजै पहिलो चुनावी सभामा सार्वजनिक गरिने तय भएको छ।
सभापति गगन थापाले जनकपुरको तिरहुतियामा आयोजना हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ। यसपटक कांग्रेसले आफ्नो घोषणापत्र भिजन १० को अवधारणामा तयार गरेको छ, जसमा आगामी सरकार सञ्चालनका प्राथमिकताहरू समेटिने बताइएको छ।
कांग्रेसले नयाँ घोषणापत्रमार्फत निर्वाचनमा आफ्नो राजनीतिक योजना र विकासका मुख्य लक्ष्य मतदातासम्म पुर्याउने लक्ष्य राखेको छ।







