सुरक्षा मुद्रण केन्द्रका पूर्व निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार प्रमाण कागजात झिकाउने आदेश

User Image Prime TV News एक महिना अगाडि
Image of सुरक्षा मुद्रण केन्द्रका पूर्व निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार प्रमाण कागजात झिकाउने आदेश

काठमाडौ । सुरक्षा मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलमाथि गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा प्रमाण कागजात झिकाउने आदेश जारी भएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आवश्यक प्रमाण कागजात अदालतमा पेश गर्न आदेश दिएको हो । अख्तियारले विकल पौडेलमाथि ६२ करोड १९ लाख रुपैयाँ १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको थियो।

अनुसन्धानका क्रममा देखिएको छ कि उनले पत्नी एलिना बस्नेतको नाममा समेत सिंगापुर र अमेरिकामा रकम लुकाएका थिए। साथै, आपूर्तिकर्ताबाट लिएको कमिसन विभिन्न व्यक्तिको नाममा परिचालन गरिएको अख्तियारको दाबी छ।

हालसम्म खोजबिन गर्दा ४४ करोड ५२ लाख मात्रै भेटिएको छ भने बाँकी १७ करोड ६६ लाख रुपैयाँ लुकाइएको पुष्टि भएपछि अख्तियारले उक्त सम्पत्ति जफत गर्न अदालतमा माग गरेको हो ।अदालतको आदेशपछि विकल पौडेलविरुद्ध थप प्रमाण संकलन र मुद्दा अघि बढाउने प्रक्रिया औपचारिक रूपमा सुरु हुने बताइएको छ ।