“विकासका कामबारे विज्ञहरूको सुझाव अनुसार योजनाबद्ध रूपमा अघि बढाउने छुः गगन थापा

User Image Prime TV News एक महिना अगाडि
Image of “विकासका कामबारे विज्ञहरूको सुझाव अनुसार योजनाबद्ध रूपमा अघि बढाउने छुः गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ निर्वाचन क्षेत्रको समग्र विकासमा योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो अभियान अन्तर्गत बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकाका विभिन्न वडामा मतदातासँग भेटघाट गर्दै उनले आगामी पाँच वर्षमा क्षेत्रको भौतिक विकास, शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिने योजना सार्वजनिक गरे। थापाले भने, “विकासका कामबारे विज्ञहरूको सुझाव अनुसार योजनाबद्ध रूपमा अघि बढाउने छु।”

उनीसँगै कांग्रेस पार्टीले देश सञ्चालन गर्ने अनुभव र उत्साह दुवै भएको हुँदा मतदातालाई देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरेका छन्। थापाले ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार रहेको उल्लेख गर्दै आगामी पाँच वर्षमा प्रधानमन्त्री बनेपछि गर्ने कामको विस्तृत योजना कार्यान्वयन गर्ने बताए ।

उनको मतदाता भेटघाट अभियानले क्षेत्रीय विकासका आवश्यकतासँगै राष्ट्रिय नेतृत्वका लक्ष्यमा समेत ध्यान केन्द्रित गरेको देखिन्छ।