गलत सूचना प्रवाह भए अर्थतन्त्रमा नै असर पार्छः अर्थमन्त्री खनाल

User Image Prime TV News एक महिना अगाडि
Image of गलत सूचना प्रवाह भए अर्थतन्त्रमा नै असर पार्छः अर्थमन्त्री खनाल

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सहि तरिकाले चल्नका लागि सहि सूचना प्रवाह अत्यन्त आवश्यक हुने बताएका छन् । 

राष्ट्रिय सूचना आयोग र नेपाल पत्रकार महासङ्घले शुक्रबार काठमाडौमा आयोजना गरेको ‘मिडियामा सूचनाको हक प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तक्रियामा मन्त्री खनालले गलत सूचना प्रवाह भए अर्थतन्त्रमा नै असर पर्न सक्ने भएकाले अर्थतन्त्र सहि तरिकाले चल्नका लागि सहि सूचना प्रवाह अत्यन्त आवश्यक रहेको बताए । 

उनले पुँजी बजारमा समेत सूचनाको एकाधिकार पाएका कतिपय व्यक्तिहरूले लाभ लिएको र अरु लगानीकर्ताले समान तरिकाले निर्णयका लागि समयमा सूचना प्राप्त गर्न नसकेको धारणा राखे । मन्त्री खनालले अवांछित गतिविधि गर्नको निमित्त सूचनाको हक प्रयोग गर्ने प्रवृतिसंग सचेत हुनुपर्नेमा जोड दिए । 

समाजलाई शान्त र सम्भ राख्नको निमित्त पनि सही सूचना, सही समयमा, सही कारणले नागरिकलाई दिनुपर्ने राज्यको दायित्व भएको उल्लेख गरे । मन्त्री खनालले अपुष्ट, अप्रमाणित र हुँदै नभएको सूचनाका कारण जेनजी आन्दोलनमा धेरै जनधनको क्षति भएको धारणा राख्नुभएको धारणा राखे।