निर्वाचन आयोगद्वारा निकोलस भूसालसंग स्पष्टीकरण माग
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले नेपाल जनसेवा पार्टीका उम्मेदवारहरूलाई दर्ता भएको चुनाव चिह्नको सट्टा फरक चिन्ह प्रयोग गरेको भन्दै स्पष्टीकरण माग गरेको छ।
पार्टीको दर्ता भएको चुनाव चिह्न सेतो कालो जुत्ता भए पनि उम्मेदवारहरूले प्रचारमा रक्ताम्य जुत्ता, जुन जनजी आन्दोलनको आइकन हो, प्रयोग गरेको उजुरी आएपछि आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो।
रुपन्देही–२ का उम्मेदवार निकोलस भूसाल विरुद्ध उजुरी परेको थियो। आयोगका अधिकारीका अनुसार, “पहिलो स्पष्टीकरणको जवाफ असन्तोषजनक भएपछि दोस्रो पटक स्पष्टीकरण मागिएको छ। यदि जवाफ चित्तबुझ्दो भएन भने आयोगले कारबाही गर्नेछ।”
भूसालले पहिलो स्पष्टीकरणमा भनेका छन् कि उक्त जुत्ता जनजी आन्दोलनको प्रतीक भएको कारण सहमतिमा प्रयोग गरिएको हो। तर आयोगले स्पष्ट पारेको छ कि दर्ता भएको चुनाव चिह्नबाहेक कुनै चिह्न प्रयोग गर्न मिल्दैन।
यस्तै, भक्तपुर–२ बाट उम्मेदवारी दिएकी जानुका पाठक (शोभा) ले पनि प्रचारमा रक्ताम्य जुत्ताको फोटो प्रयोग गरेकी छन्।







