सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्यमा वृद्धि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर तीन लाख ६ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख ६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
यता, चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले वृद्धि भएर पाँच हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति र विनिमय दरको उतारचढावका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको महासंघले जनाएको छ।












