प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता उल्लंघन, २१ जनाले स्पष्टीकरण दिएनन्
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता उल्लंघन गरेको आरोपमा २१ जनाले निर्वाचन आयोगलाई अझै स्पष्टीकरण बुझाएका छैनन्।
निर्वाचन आयोगले आचारसंहिता लागू भएयता अहिलेसम्म ५१ जनालाई स्पष्टीकरण सोधिसकेको थियो। तीमध्ये ३० जनाले मात्र स्पष्टीकरण बुझाएका छन् भने बाँकी २१ जनालाई आयोगले स्पष्टीकरण बुझाउन ताकेता गरेको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुल जीसी का अनुसार, आयोगले आचारसंहिता उल्लंघन देखिएमा स्पष्टीकरण माग्छ र त्यसपछि जाँचबुझ गरी आवश्यक कारबाही गर्नेछ। प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता माघ ४ गतेदेखि लागू भएको थियो।







