अन्तर्राष्ट्रिय बजारको प्रभावः नेपाली बजारमा सुनचाँदी महँगियो

User Image Prime TV News एक महिना अगाडि
Image of अन्तर्राष्ट्रिय बजारको प्रभावः नेपाली बजारमा सुनचाँदी महँगियो

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि देखिएको छ।

बुधबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेर ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ।

मंगलबार यही सुन ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। प्रति १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ६२ हजार ८६० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ५० रुपैयाँले बढी हो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा दैनिक हुने उतारचढावका आधारमा स्वदेशी बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिने जनाएको छ। पछिल्लो समय विश्व बजारमा देखिएको मूल्यवृद्धिको असर नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन्।