सानेटारमा भएको बस दुर्घटनाको छानविन गर्नुपर्ने माग राख्दै स्थानीयहरुले गरे सडक अवरुद्ध

User Image Prime TV News एक महिना अगाडि
Image of सानेटारमा भएको बस दुर्घटनाको छानविन गर्नुपर्ने माग राख्दै स्थानीयहरुले गरे सडक अवरुद्ध

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग राख्दै स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् । 

१२ जनाको मृत्यु हुने गरि दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरुले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन् । स्थानीयहरुले काठमाडौंबाट गएका सवारी साधनलाई खुर्कोट, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशे र गाँउबाट छुटेका गाडीहरुलाई खिम्तीमा नै रोकेका हुन् ।

स्थानीयहरुले दुर्घटनाको छानविनका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचार लगाएका माग राखेका छन् । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।