हवल्दारसहित चारजनालाई ६० लाख रुपैयाँ ठगी आरोपमा पक्राउ

User Image Prime TV News एक महिना अगाडि
Image of हवल्दारसहित चारजनालाई ६० लाख रुपैयाँ ठगी आरोपमा पक्राउ

काठमाडौ । प्रहरीले ठगीको उजुरीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हवल्दार कर्णबहादुर सुनार सहित चारजनालाई पक्राउ गरेको छ।

उनीहरूलाई “सस्तोमा सुन मिलाइदिने” भनेर ६० लाख रुपैयाँ ठगी गरेको आरोप छ। प्रहरीका अनुसार, पक्राउ परेकाहरूले केही दिनअघि यो ठगी योजना अघि सारेको उजुरी आएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।