कुलमान घिसिङ दाबी: काठमाडौंमा उज्यालो नेपाल एक नम्बरको पार्टी बन्छ

User Image Prime TV News एक महिना अगाडि
Image of कुलमान घिसिङ दाबी: काठमाडौंमा उज्यालो नेपाल एक नम्बरको पार्टी बन्छ

काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा काठमाडौं उपत्यकामा आफ्नो पार्टी प्रमुख हुने दाबी गरेका छन्। उनले काठमाडौं ३ मा आफूले चुनाव जित्ने निश्चित रहेको पनि बताए।

काठमाडौं ४ मा आयोजित पत्रकारसँगको अन्तरक्रियामा घिसिङले सामाजिक मिडियामा फैलाइएका गलत भविष्यवाणी र एल्गोरिदमका प्रयोगबारे चिन्ता व्यक्त गरे। उनका अनुसार, “हामी काम गर्ने र परिणाम दिने मान्छे हौँ। सोशल मिडिया चलाउन आउँदैन, तर हाम्रो वास्तविक काम नै रियल नतिजामा देखिन्छ।”

पत्रकारले उज्यालो नेपाल छोडेर रास्वपा रोजेकी रिमा विश्वकर्माको विषय उठाएपछि घिसिङले उनलाई करियरको निर्णय अनुसार शुभकामना दिएका छन्। उनले भने, “उहाँ आफ्नो भविष्य हेरेर निर्णय लिनु भयो। मैले उहाँलाई केही नराम्रो भनेको छैन। भविष्यमा फर्किने वा नफर्किने उहाँको इच्छामा भर पर्छ।”

घिसिङले काठमाडौंमा आफ्नो पार्टी एक नम्बरको पार्टी बन्ने र सबैभन्दा बढी उम्मेदवार जित्ने दाबी पनि दोहोर्याए।