सरकारले आज सार्वजनिक गर्दै चालु आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा

User Image Prime TV News एक महिना अगाडि
Image of सरकारले आज सार्वजनिक गर्दै चालु आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा

काठमाडौ । सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को बजेटको अर्धवार्षिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ।

अर्थ मन्त्रालयले दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार, यस प्रतिवेदनमार्फत बजेटको मध्यावधि मूल्याङ्कन र आगामी योजनाबारे जानकारी दिनेछ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार, प्रत्येक वर्षको माघ मसान्तभित्र अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। साथै, प्रतिवेदन तयार गर्न कम्तीमा १५ दिन अघि तयारी पूरा गर्नुपर्ने कानुनी प्रावधान पनि छ।

चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। विगत एक दशकदेखि अर्धवार्षिक समीक्षा मार्फत बजेटका सुरुवाती अनुमान घटाउने प्रवृत्ति निरन्तर देखिएको छ।