नेपाली बजारमा सुन महँगियो, चाँदी सस्तो

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली बजारमा सुन महँगियो, चाँदी सस्तो

काठमाडौ । मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर तीन लाख पाँच हजार ५०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन अर्थात् माघ २६ गते सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो। यस्तै, चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार सोमबार प्रतितोला पाँच हजार २५० रुपैयाँ रहेको चाँदी मंगलबार घटेर पाँच हजार २४० रुपैयाँमा झरेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको व्यवसायीहरूले बताएका छन्।