नवलपरासीमा रवि लामिछानेको चुनावी कार्यक्रम प्रशासनद्वारा रोक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नवलपरासी प्रशासनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मंगलबारका लागि तय गरिएको चुनावी कार्यक्रममा रोक लगाएको छ।
निर्वाचन आचारसंहिताविपरीत भएको ठहर गर्दै प्रशासनले सूचना जारी गरी कार्यक्रम सञ्चालन गर्न नदिएको हो। लामिछाने सोमबार दिनभर रुपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमा सम्बोधनसहितका चुनावी कार्यक्रममा सहभागी भएका थिए।
त्यसपछि मंगलबार नवलपरासीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने तयारी थियो। तर माघ २७ गतेका लागि तय ती कार्यक्रम प्रशासनिक निर्णयपछि रद्द भएका छन्।
यसअघि आइतबार लामिछाने पूर्वी नवलपुर र पश्चिम नवलपरासीका चुनावी कार्यक्रममा सहभागी भएका थिए भने सोमबार रुपन्देहीमा व्यापक चुनावी गतिविधिमा सक्रिय रहेका थिए। मंगलबार नवलपरासीमा कार्यक्रम सकेर चितवन फर्किने कार्यतालिका तय गरिएको थियो।








