प्रधानमन्त्रीको हैसियतमा आफुले कसैलाई पनि गोली चलाउन आदेश दिएको छैनः केपी ओली

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्रीको हैसियतमा आफुले कसैलाई पनि गोली चलाउन आदेश दिएको छैनः केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधीक तत्वहरुले आफुमाथि बिभिन्न आरोप लगाउने गरेको बताएका छन् । 

सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासंगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधीक तत्वहरु घुसेर बिध्वंस मच्चाएको र तिनै अपराधीक तत्वहरुले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताए ।

तत्कालिन प्रधानमन्त्रीको हैसियतमा आफुले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहराउदै अध्यक्ष ओलीले संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधीक तत्वहरुले नै बनाएको धारणा राखे । उनले आफुले राजीनामा दिएपछि ५४ जनाको मृत्यु भएको उल्लेख गर्दै मुलुकको बिकासका लागि एमालेले सवै भन्दा धेरै काम गरेको दावी गरे । 

गोवर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट बिकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहिले तोडमोड गरेको भन्दै उनले आपत्ति जनाए । नेपालमा ग्यास उन्खनन भइसकेको भन्दै अव त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट बितरण गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहेका ओली पछिल्लो समय झापामा स्थानीयसंगको छलफलमा केन्द्रीत रहि चुनावी गतिविधी गरि रहेका छन् ।