गोर्खा ब्रिगेड प्रतिनिधिमण्डलद्वारा राष्ट्रपति पौडेलसँग भेटघाट

User Image Prime TV News एक महिना अगाडि
Image of गोर्खा ब्रिगेड प्रतिनिधिमण्डलद्वारा राष्ट्रपति पौडेलसँग भेटघाट

काठमाडौ । नेपाल भ्रमणमा रहेका बेलायती सेना अन्तर्गतको गोर्खा कमान्डेन्ट ब्रिगेडका मेजर जनरल जेरल्ड एम स्ट्रिकलेण्ड र डेभिड जे रोविन्सनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित उक्त कार्यक्रममा नेपालका लागि बेलायतका राजदूत पनि उपस्थित थिए। मेजर जनरल स्ट्रिकलेण्डले ब्रिगेड अफ गुर्खाजको सन् २०२५ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका थिए।

भेटघाटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र सुरक्षा, सामरिक साझेदारीका विषयमा पनि छलफल भएको छ, राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।