झापा–२ मा घिमिरेको चुनावी अभियान : डिजिटल माध्यमलाई प्राथमिकता
Prime TV News एक महिना अगाडि 
झापा । झापा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले आफ्नो चुनावी अभियान प्रविधिमैत्री बनाउने रणनीति अपनाएका छन्। प्रतिनिधिसभाका निवर्तमान सभामुख समेत रहेका घिमिरेले परम्परागत घरदैलो भ्रमणका साथै डिजिटल माध्यममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने योजना बनाएका छन्।
उनले आगामी कार्यकालका लागि तयार हुने आफ्नो प्रतिबद्धता पत्रमा जनताको वास्तविक समस्या र आवश्यकतालाई समेट्ने उद्देश्यले स्थानीय बासिन्दाको सुझाव माग गरेका छन्। यसका लागि घिमिरेले क्युआर कोड र वेबसाइट लिंक सार्वजनिक गरी मतदाताहरूबाट रचनात्मक सुझाव आह्वान गरेका छन्।
घिमिरेले मतदाता भेटघाटका क्रममा स्थानीय विकास, पूर्वाधार र शिक्षासँग सम्बन्धित विषयमा छलफल गर्दै डिजिटल सुझावहरूलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच, गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर सभामुख बनेका उनी यसपटक ‘अनुभवी’ र ‘प्रविधिमैत्री’ उम्मेदवारको रूपमा प्रस्तुत भइरहेका छन्।







