देउवा चुनावी सभामा सहभागी नहुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आगामी चुनावी सभामा कुनै पनि प्रकारको सहभागिता जनाउने छैनन्।
देउवाको सचिवालयले स्पष्ट गर्दै भनेको छ कि उनी चुनावी सभा वा अन्य कार्यक्रमहरूमा जाने तयारीमा छैनन्। केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा सक्रिय हुने समाचार आएपछि, सचिवालयले त्यसलाई खण्डन गरेको हो।
पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि कांग्रेसले नेतृत्व परिवर्तन गरेको छ, र त्यसयता देउवा पार्टीका गतिविधिमा संलग्न छैनन्। सचिवालयले भनेको छ, “चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन।”












