नेपाली कांग्रेसले गठन गर्यो केन्द्रीय अनुशासन समिति
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा नयाँ केन्द्रीय अनुशासन समिति गठन गरेको छ।
पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३४(७) बमोजिम तीन सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्यमा धना खतिवडा र सुवासकुमार पोखरेलाई चयन गरिएको छ। निर्वाचन नजिकिँदै गर्दा पार्टी अनुशासन सुनिश्चित गर्न यस समिति गठन गरिएको जनाइएको छ।
त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत “नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२” र “नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२” लाई परिमार्जनसहित पारित गरेको छ।
बैठक सभापति गगन थापाको अध्यक्षतामा भएको थियो। बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसे उपस्थित थिए।
पार्टी स्रोतहरूले आगामी निर्वाचन तयारीलाई गति दिन र भित्रभित्रै अनुशासन कायम गर्न समिति गठन गरिएको पुष्टि गरेका छन्।







