रेशम चौधरी कैलाली–१ बाट उम्मेदवार हुन नपाउने

User Image Prime TV News एक महिना अगाडि
Image of रेशम चौधरी कैलाली–१ बाट उम्मेदवार हुन नपाउने

काठमाडौ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवार हुन नपाउने भएका छन्।

कैलाली–१ का निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि उनले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। तर आइतबार भएको सुनुवाइमा सर्वोच्च अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको निर्णयसँगै निर्वाचन अधिकृतको उक्त निर्णय यथावत् रह्यो, जसको अर्थ रेशम चौधरी अब कैलाली–१ बाट उम्मेदवार बन्न सक्ने स्थिति छैन।