एकैदिन सुनको मूल्यमा ठूलो छलाङ, प्रतितोला तीन लाख ५०० रुपैयाँ पुग्यो

User Image Prime TV News एक महिना अगाडि
Image of एकैदिन सुनको मूल्यमा ठूलो छलाङ, प्रतितोला तीन लाख ५०० रुपैयाँ पुग्यो

काठमाडौ । नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्य अप्रत्याशित रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आइतबार सुनको मूल्य प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो। मूल्यवृद्धिपछि सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ३०० रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, साथै स्थानीय बजारमा मागमा देखिएको सक्रियताका कारण सुनचाँदीको मूल्यमा वृद्धि आएको व्यवसायीहरूको भनाइ छ।