राप्रपाद्वारा दुर्गा प्रसाईको बिनाशर्त रिहाइको माग

User Image Prime TV News एक महिना अगाडि
Image of राप्रपाद्वारा दुर्गा प्रसाईको बिनाशर्त रिहाइको माग

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईलाई बिनाशर्त र तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार जारी गरेको विज्ञप्तिमा फरक विचार र मान्यताको आधारमा प्रसाईलाई पटक पटक पक्राउ गरिएको आरोप लगाउँदै यसलाई राज्यको प्रतिशोधपूर्ण व्यवहारको संज्ञा दिएका छन्।

उनले यस्तो कार्य लोकतन्त्रको मर्मविपरीत र संविधानले प्रत्याभूत गरेको नागरिक स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएका छन्। विज्ञप्तिमा नागरिकले स्वतन्त्र रूपमा हिँडडुल गर्न, बोल्न, लेख्न तथा शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार कुण्ठित गरिएको उल्लेख गर्दै राप्रपाले सरकारको कदम निन्दनीय र अस्वीकार्य भएको ठहर गरेको छ।

पार्टीले प्रसाईलाई बिना सर्त अविलम्ब रिहा गर्न तथा नागरिक अधिकारको सम्मान गर्न सरकारलाई कडा चेतावनीसहित आग्रह गरेको छ।