निर्वाचन आयोगले गलत सूचना प्रवाह गर्ने सामग्री कारबाहीका लागि पठायो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी गलत सूचना प्रवाह गर्ने ३५५ वटा सामग्री विभिन्न निकायमा कारबाहीका लागि पठाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता उल्लङ्घन गर्ने १८१ वटा सूचना नेपाल प्रहरीको साइबर ब्यूरोमा कारबाहीका लागि पठाइएको छ। त्यस्तै ७ वटा सूचना दूरसञ्चार प्राधिकरणमा, ४० वटा वेभसाइट सामग्री प्रेस काउन्सिलमा र ४७ वटा सूचना केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ।
भट्टराईले भने, “आचारसंहिता विपरीतका कामकारवाही घट्दै गएको भए पनि अपेक्षाअनुसार पूर्णरूपमा घटाउन सकेको छैन।” आयोगले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न यस्तो निगरानी र कारबाही प्रक्रिया निरन्तर जारी राख्ने जनाएको छ।







