निर्वाचन आचारसंहिता उल्लङ्घन आरोपमा दुर्गा प्रसाई फेरि पक्राउ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाई फेरि प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको दक्षिणकाली नगरपालिका चाल्नाखेलबाट शुक्रबार उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार, प्रसाईलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो।
निर्वाचन आयोगले यस सम्बन्धमा प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो र सोही आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको बताइएको छ। यसअघि प्रसाईलाई ५ माघमा पोखराबाट पनि पक्राउ गरिएको थियो।
त्यो पटक उनी विवादास्पद अभिव्यक्ति दिएका थिए, जसमा उनले कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ठूलो रकम दिएको दाबी गरेका थिए। प्रसाई लामो समयदेखि “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ” भन्ने अभियानको नेतृत्व गर्दै आएका छन्।
उनी राजनीतिक तथा सामाजिक मुद्दामा सक्रिय रहेको र कहिलेकाही विवादास्पद बयान दिने गरेकाले सुरक्षा निकायको ध्यान खिचिएको बताइन्छ। प्रहरीले पक्राउपछि आवश्यक अनुसन्धान अगाडि बढाएको छ।







