स्रोत सुनिश्चित नगरि जथाभावी खर्च गर्दा स्वास्थ्य बीमा बोर्डमा समस्या देखियोः स्वास्थ्य मन्त्री

User Image Prime TV News एक महिना अगाडि
Image of स्रोत सुनिश्चित नगरि जथाभावी खर्च गर्दा स्वास्थ्य बीमा बोर्डमा समस्या देखियोः स्वास्थ्य मन्त्री

काठमाडौ । स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरि जथाभावी खर्च गर्दा स्वास्थ्य बीमा बोर्डमा समस्या देखिएको बताएकी छन् । 

शुक्रबार ललितपुरमा आयोजित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गौतमले स्रोत सहमति पनि नलिई र स्रोत सुनिश्चित नगरि रकमहरू खर्च गरेका कारण स्वास्थ्य बीमा बोर्डको आर्थिक दायित्व बढेको बताइन् । 

वार्षिक बजेटको परिधि भित्र रहेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदै उनले चालू आर्थिक बर्षमा सरकारले स्वास्थ्य बीमालाई १० अर्व रुपैया छुट्टाएको जानकारी दिइन् । मन्त्री गौतमले मितव्ययी र स्रोतको सहि सदूपयोग गर्नुपर्ने धारणा राखिन् । त्यस्तै अनियन्त्रित रूपमा पूर्व जानकारी नदिई सेवा विस्तार गर्दै जाने र पैसा माग्ने कुरा उचित नभएको मन्त्री शर्माको भनाई थियो ।