प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, पद तथा गोपनियताको शपथ आज

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, पद तथा गोपनियताको शपथ आज

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले हिजो नै पाँच जनाको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी थिइन् ।

सिफारिस सूचीअनुसार अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सुम्पिने प्रस्ताव गरिएको छ। सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्।

त्यसैगरी, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि मन्त्रालय, जगदीश खरेललाई सञ्चार मन्त्रालय तथा डाक्टर संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएको छ।

मन्त्रीका लागि सिफािरस भएकाहरुको आजै दिउँसो २ वजे सपथ हुने बताइएको छ । जेन–जी विद्रोहपछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारको तेस्रो दिन मन्त्रिपरिषद्मा तीन जना मन्त्री पहिले नै नियुक्त भइसकेका छन्। नयाँ पाँच मन्त्रीको सिफारिससँगै मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अगाडि बढाइएको हो।