बैतडीमा बस दुर्घटना प्रति कांग्रेस सभापतिद्धारा दुःख ब्यक्त

User Image Prime TV News एक महिना अगाडि
Image of बैतडीमा बस दुर्घटना प्रति कांग्रेस सभापतिद्धारा दुःख ब्यक्त

काठमाडौ । बैतडीको पुर्चौडी नगरपालिकामा भएको भयावह बस दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ। विवाह उत्सव मनाएर फर्किरहेका १३ जनाको मृत्यु भएको यस घटनाले स्थानीय समुदायमा गहिरो शोक र रिक्तता छाडेको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्ति कामना गरेका छन्। उनले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन्।

दुर्घटनामा परी घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थापाले उपचारमा कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएका छन्। घटनास्थलका स्थानीयहरूले एकै गाउँ र परिवारका धेरै सदस्य गुमाएकोले समुदायमा ठूलो रिक्तता आएको बताएका छन्।

सुरक्षा निकायहरूले घटनाको थप अनुसन्धान गरिरहेको र घाइतेहरूको स्वास्थ्य अवस्था लगातार अनुगमन भइरहेको जानकारी दिएका छन्।