केपी ओली झापा–५ मा चुनावी प्रचारका लागि गृहजिल्ला भ्रमणमा

User Image Prime TV News एक महिना अगाडि
Image of केपी ओली झापा–५ मा चुनावी प्रचारका लागि गृहजिल्ला भ्रमणमा

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नै गृहजिल्ला झापा पुगेका छन्।

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत झापा–५ मा उम्मेदवार रहेका ओलीले यहाँ चुनावी प्रचारप्रसारको कार्यक्रम संचालन गर्ने बताइएको छ। निकट स्रोतका अनुसार, ओली मध्यान्ह हवाई मार्गमार्फत झापा पुग्ने कार्यक्रममा छन्।

झापा–५ क्षेत्रमा यसपालि चुनावी प्रतिस्पर्धा पेचिलो बनेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह पनि उम्मेदवार बनेका छन्।