रौतहटमा कारको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गयो
Prime TV News एक महिना अगाडि 
रौतहट । रौतहटमा कारको ठक्करबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ। इशनाथ नगरपालिका–३ मठिया टोलमा भएको दुर्घटनामा अल्फा खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब २ः३० बजे बा १५ च ४२४४ नम्बरको कारले सडकमा रहेकी बालिकालाई ठक्कर दिएको थियो। सो कारमा रास्वपा पार्टीको स्टिकर टाँसिएको थियो।दुर्घटनापछि गम्भीर घाइते भएकी बालिकालाई सोही कारमा राखेर गौरस्थित सिटी अस्पताल लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल रौतहट पठाइएको भए पनि पौने ३ बजे अस्पतालमै बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बालिकालाई अस्पताल पुर्याएपछि कार चालक फरार भएको र हाल उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।












