एमाले उपाध्यक्ष थापाले लगाए सरकारमाथि निर्वाचन सार्ने षडयन्त्रको आरोप

User Image Prime TV News २ महिना अगाडि
Image of एमाले उपाध्यक्ष थापाले लगाए सरकारमाथि निर्वाचन सार्ने षडयन्त्रको आरोप

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकारले आगामी निर्वाचन सार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।

एमालेको प्रचार तथा प्रकाशन विभागले केन्द्रीय कार्यलय च्यासलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै थापाले भने, “निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनुभएको छ। केही दिनअघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको उदाहरण हो।”

थापाले सरकारलाई निर्वाचन प्रक्रियामा षडयन्त्र गर्ने, राजनीतिक दलहरूलाई विवादमा तान्ने र न्यायालयमा आफ्नो छाया पार्ने काममा सक्रिय रहेको पनि आरोप लगाए। उनले आगामी निर्वाचनमा यस्ता गतिविधिले लोकतान्त्रिक प्रक्रियामा असर पुर्‍याउने आशंका व्यक्त गर्दै, यसबारे सजग रहन सबै दल र नागरिकलाई आग्रह गरे।