सुनको मूल्यले नयाँ उचाइ छोयो, एकैदिन प्रतितोला १४ हजार ४०० रुपैयाँ वृद्धि
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा असामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एकैदिन प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो। मूल्यवृद्धिसँगै आज सुन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य पाँच हजार ३३५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ। मूल्य बढेसँगै सुनका गहना खरिद गर्ने उपभोक्तामा असर पर्ने देखिएको छ।












