सुनचाँदीको मूल्यमा फेरि उकालो, सुन तोलामा ३७ सय रुपैयाँले महँगियो

User Image Prime TV News २ महिना अगाडि
Image of सुनचाँदीको मूल्यमा फेरि उकालो, सुन तोलामा ३७ सय रुपैयाँले महँगियो

काठमाडौ । नेपाली बजारमा केही दिनयता घट्दो क्रममा रहेको सुनको मूल्य फेरि बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ कायम गरिएको छ । यसअघि हिजो सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा १३५ रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार ३३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढाव र आन्तरिक मागको प्रभावका कारण सुनचाँदीको मूल्यमा परिवर्तन आएको व्यवसायीहरूको भनाइ छ ।