प्रधानमन्त्री कार्कीले सार्वजनिक गरिन् : महावीर पुन रिसाएर क्याबिनेट छाडे

User Image Prime TV News २ महिना अगाडि
Image of प्रधानमन्त्री कार्कीले सार्वजनिक गरिन् : महावीर पुन रिसाएर क्याबिनेट छाडे

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले रिसाएर आफ्नो क्याबिनेट छाडेको बताएकी छन्।

राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले भनिन्, “पुनजी रिसाएर गए। उहाँले दुई–चार कानुन बनाउन भन्नुभएको थियो। ती कानुन राम्रै थिए, तर हामीले छोटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं। अनेक परिस्थिति हुन्छ, सबै कुरा हुँदैन।”

प्रधानमन्त्री कार्कीले यस्ता घटनालाई व्यक्तिको अधिकारको रुपमा लिन पनि सबैलाई आग्रह गरिन्। महावीर पुनले शिक्षामन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरिसकेका छन्।