नेपाली बजारमा सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट

User Image Prime TV News २ महिना अगाडि
Image of नेपाली बजारमा सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको हो। सो गिरावटपछि आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ कायम रहेको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागको प्रभावका कारण सुन–चाँदीको मूल्यमा यस्तो गिरावट आएको व्यवसायीहरू बताउँछन्।