रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने
Prime TV News २ महिना अगाडि काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी चुनावका लागि फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
पार्टी कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर घोषणापत्र तयार भइरहेको जानकारी दिँदै, यसमा पाँच वर्षमा प्रमुख पाँच क्षेत्रमै काम गर्ने योजना समावेश हुने बताइन्। पार्टीका उपसभापति तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले भने, घोषणापत्रमा जेनजीका मुद्दा र सुशासनलाई मुख्य प्राथमिकताका रूपमा समेटिने जनाए ।
अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधार, सरकारको पहिलो १०० दिनमा १०० प्रमुख कार्यहरू, र त्यसका लागि आवश्यक नीतिगत सुधारका खाका पनि घोषणापत्रमा समावेश हुने जानकारी दिइन्। उनले रास्वपाप्रति जनताले देखाएको विश्वास कायम राख्न सशक्त र प्रभावकारी काम गर्नुपर्ने अवस्था रहेको बताए।







