दलका घोषणापत्रमा अहिलेसम्म निजी क्षेत्र र आर्थिक मुद्दा प्राथमिकतामा परेनः अध्यक्ष ढकाल
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजी क्षेत्र र आर्थिक मुद्दा प्राथमिकतामा नपरेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन नसकेको बताए ।
अध्यक्ष ढकालले निजी क्षेत्रप्रति राजनीतिक दलको धारणा नकारात्मक हुने गरेकोले पनि विभिन्न समयमा त्यसको असर भोग्नु परेको उल्लेख गरे । निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै कालले राजनीतिक दलहरुले पपुलर हुने भन्दा पनि वास्तविक कार्यान्वयन हुने एजेण्डाहरुलाई घोषणापत्रमा समावेश गर्नुपर्ने सुझाव दिएका छन्।
रोजगारीका लागि विदेशीनुपर्ने अवस्थाको अन्त्य, डिजिटल क्षेत्रको सुधार लगाएतमा विशेष जोड दिनुपर्ने पनि अध्यक्ष ढकालको भनाई थियो ।












