पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश
Prime TV News २ महिना अगाडि 
काठमाडौ । तत्कालीन प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालसमेत प्रतिवादी रहेका पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा आइतवार सुनुवाइपछि यो आदेश जारी भएको हो। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते मुद्दा दायर गरेको थियो।
अख्तियारले नेपालसहित कुल ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। अख्तियारले माधव कुमार नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग गरेको छ।
विशेष अदालतले अब प्रतिवादीविरुद्धका साक्षीहरूको बयान संकलन गरेर मुद्दाको थप प्रक्रिया अघि बढाउने तयारी गरेको छ।







