राष्ट्रपति पौडेलद्धारा नागरिकता ऐन प्रमाणीकरण
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक प्रमाणीकरण गरेका छन्। उक्त विधेयक संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालयमा पेश गरिएको थियो।
यस संशोधनले नागरिकता प्राप्तिको प्रक्रिया सरल र पारदर्शी बनाउने उद्देश्य राखेको छ। साथै, वैवाहिक नागरिकता, जन्मसिद्ध नागरिकता र अन्य विभिन्न आधारमा नागरिकता सम्बन्धी व्यवस्थाहरूमा सुधार गर्ने अपेक्षा गरिएको छ।
यो कदमले नेपालमा नागरिकताको कानुनी आधारलाई अझ सुदृढ बनाउने र समसामयिक आवश्यकताहरू पूरा गर्ने विश्वास गरिएको छ।
राष्ट्रपतिको प्रमाणीकरणपछि यो विधेयक लागू हुने भए पनि यसको कार्यान्वयन सम्बन्धी विस्तृत निर्देशिका र नियमहरू मन्त्रालयबाट जारी गरिने बताईएको छ । विधेयक प्रमाणीकरण संगै नेपाली नागरिकता सम्बन्धी विवाद र समस्याहरूलाई समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।














