राष्ट्रिय युवा संघको अध्यक्षमा महाराज गुरुङ चयन
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरुङ चयन भएका छन्।
संघको शुक्रबार बसेको केन्द्रीय युवा परिषद्को पहिलो बैठकले उपाध्यक्ष रहेका गुरुङलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो। यसअघि संघको अध्यक्ष रहेका क्षितिज थेबेले पदबाट राजीनामा दिएपछि गुरुङ अध्यक्षमा चयन भएका हुन्।
थेबे गत जेठ १४ गते पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। तर आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेपछि उनले संघको अध्यक्ष पद छाडेका हुन्।
अध्यक्षको जिम्मेवारी सम्हालेसँगै नवनियुक्त अध्यक्ष गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। एमालेका महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत शीर्ष नेताहरूको उपस्थितिमा आयोजित बैठकमा थेबेले औपचारिक रूपमा गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका थिए।







