राष्ट्रपति पौडेल जापान जाँदै
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते जापान भ्रमणमा जाने भएका छन्।
मन्त्रिपरिषद् बैठकले राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ भने गृहमन्त्री एवं प्रवक्ता ओमप्रकाश अर्यालले यसबारे जानकारी दिएका छन्। यो भ्रमण नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने उद्देश्यले हो।
कार्यक्रममा राष्ट्रपति पौडेल माघ १८ देखि २१ गतेसम्म रहनेछन्। गृहमन्त्री अर्यालका अनुसार, राष्ट्रपति पौडेलको भ्रमणले दुई देशबीचको मित्रता अझ बलियो बनाउने अपेक्षा गरिएको छ।







