राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन प्रस्तुत

User Image Prime TV News २ महिना अगाडि
Image of राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन प्रस्तुत

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुधबार माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए। निर्वाचन आयोगका अनुसार, राष्ट्रिय सभा निर्वाचनमा कुल २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको छ।