राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, राजनीतिक र निर्वाचन विषयमा छलफल
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार बिहान शीतल निवासमा आधाघण्टा भेटवार्ता भएको छ।
प्रधानमन्त्री कार्की बिहान साढे १० बजे शीतलनिवास पुगेकी थिइन्। राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार, भेटवार्तामा ‘समसामयिक विषयमा कुराकानी’ भएको थियो।
स्रोतहरूका अनुसार, छलफलको मुख्य विषय पछिल्लो राजनीतिक घटनाक्रम र आगामी निर्वाचनसम्बन्धी छलफलमा केन्द्रित थियो।







